aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डको इकाईमूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २७ भदौ २०७८
एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डको इकाईमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आइतवार एनआईसी एशिया ब्यालेन्सड् फण्ड र एनआईसी एशिया ग्रोथ फण्डको इकाई मूल्य समायोजन गरेको छ । दुबै योजनाले प्रस्ताव गरेको प्रतिफल प्रयोजनका लागि नेप्सेले इकाईमूल्य समायोजन गरेको हो ।  एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित यी योजनाहरुले आर्थिक वर्ष ०७७÷७८ को मुनाफाबाट एउटै अनुपातमा कर सहित ३० प्रतिशत लाभांश वितरण गर्न लागेका हुन । 

लाभांश प्रयोजनका लागि भदौ २७ गते बुक क्लोज गरेकाले नेप्सेले बुक क्लोज पछिको मूल्य तोकेको हो । नेप्सेले एनआईसी एशिया ब्यालेन्सड् फण्डको बिहीवार कायम अन्तिम इकाईमूल्य रू. १४ दशमलव २७ को आधारमा ३० प्रतिशत नगद लाभांशपछिको मूल्य रू. ११ दशमलव २७ तोकेको हो ।

 त्यस्तै एनआईसी एशिया ग्रोथ फण्डको बिहीवार कायम अन्तिम इकाईमूल्य रू. १५ दशमलव २२ को आधारमा ३० प्रतिशत नगद लाभांशपछिको मूल्य नेप्सेले रू. १२ दशमलव २२ तोकेको छ । आइतवार समायोजन मूल्यको आधारमा यी दुबै योजनाको कारोबार खुला हुनेछ । बुक क्लोजको आधारमा भदौ २४ गतेसम्म कायम इकाईधनीहरु मात्र प्रतिफल प्राप्त गर्न योग्य भएका छन् ।
 

प्रतिक्रिया दिनुहोस