aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

सेञ्चुरी कमर्सियल बैंक सहित तीन कम्पनीको संस्थापक शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २७ भदौ २०७८
सेञ्चुरी कमर्सियल बैंक सहित तीन कम्पनीको संस्थापक शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन

काठमाडौं । भदौ २० गतेदेखि लिलामीमा आएको हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडको स्वामित्वमा रहेको तीन कम्पनीको संस्थापक शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ । 

हाथवे इन्भेष्टमेण्टले आफ्नो स्वामित्वको सेञ्चुरी कमर्सियल बैंकको २ लाख ५ हजार ५१३ कित्ता, मञ्जुश्री फाइनान्सको ९५ हजार ९५५ कित्ता र कामना सेवा विकास बैंकको २ लाख ५० हजार ४६६ कित्ता शेयर भदौ २७ गतेसम्मका लागि लिलामीमा विक्री गर्न लागेकोे हो । सेञ्चुरी कमर्सियल बैंकको शेयरमूल्य प्रतिकित्ता रू. १५०, मञ्जुश्री फाइनान्सको प्रतिकित्ता रू. ३५० र कामना सेवा विकास बैंकको प्रतिकित्ता रू. २५० तोकिएको छ ।

 यी शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरु वा जो कोहि व्यक्ति तथा संस्थाहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलकबोल गर्दा न्यूनतम ५ हजार कित्ता वा अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । 

यो लिलामी शेयर बाँडफाँटमा प्राप्त गर्ने शेयरधनीहरुले कम्पनीहरुद्वारा भदौ २० गतेपछि घोषणा हुने लाभांश तथा बोनस शेयर समेत प्राप्त गर्न सक्नेछन् । शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस