aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

‘माइक्रो फाइनान्सबाट माइक्रोफाइनान्स नै ‘भिक्टिमस’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ असार २०७६
‘माइक्रो फाइनान्सबाट माइक्रोफाइनान्स नै ‘भिक्टिमस’

काठमाडौं । नेपाल राष्ट्र बैंक पूर्व गभर्नर गणेशबहादुर थापाले माइक्रोफाइनान्सको अस्वस्थ प्रतिस्पर्दाबाट माइक्रो फाइनान्सहरु आफै पीडित भइरहेको बताएका छन् । विहीबार नेपाल राष्ट्र बैंकले पूर्वगभर्नरहरुलाई आगामि मौद्रिक नीतिको बारेमा छलफल कार्यक्रममा बोल्दै पूर्वगभर्नर थापाले माइक्रोफाइनान्स धेरै भएकाले यसलाई नियन्त्रण गर्न सुझाव दिएको बताए । 

उनले भने, ‘हामीले २०–२५ वटा माइक्रोफाइनान्सलाई काम गर्न दिँदा पुग्छ भनेर डिजाइन गरेका थियौ अहिले त सञ्चालनमा रहेका नै सयौ अनि अब फेरि आउन लागेका ५०–६० वटा कसरी कहाँ गएर कसका लागि कम्पनीहरुले काम गर्छन ।’

राष्ट्र बैंकले ल्याउन लागेका मौद्रिक नीतिका समय सापेक्ष र सरकारको नीति तथा कार्यक्रम सुहाउदो हुनुपर्ने सुझाव दिएको उनले बताए । उनले भने, ‘हालका गभर्नरले हामीलाई सम्झेर ‘पार्टिसिपेटरी एप्रोच’को थालनी गर्नु भएको छ योभन्दा पहिलाका गभर्नर  कसैले पनि हामीसँग यस्तो सल्लाह माग्दैन थिए ।’

उनका अनुसार हाल राष्ट्र बैंकले ल्याउन लागेको मौद्रिक नीतिका विषय बस्तुमा सामान्य छलफल भएको र व्यापार घाटा बढिरहेको प्रति सबै पूर्वगभर्नरको चिन्ता रहेको बताए । वित्तीय अनुसाशन कायम गराउने राष्ट्र बैंकलाई सरकारले वेवास्ता गर्दै गएको  प्रति सबै गभर्नरहरुको चिन्ता रहेको उनले बताए । 

नेपालमा राष्ट्र बैंकको क्षमता वृद्धि नगर्ने र बैक तथा वित्तीय क्षेत्रको विस्तार गर्दैमात्र जाने नीति भएकाले बैंक तथा वित्तीय संस्थाहरुको अनुमगन गर्न कठिन हुँदै गएको उनको तर्क थियो । अब बैंक तथा वित्तीय संस्थाहरुको संख्याको विषयमा पनि विचार गर्न पर्ने बेला आएको समेत सुझाव दिइएको उनले जानकारी दिए । 

मौद्रिक नीतिमा ल्याउन लागेका विषयमा राष्ट्र बैंकले बेलैमा सरोकारवालाहरुसँग सलाहा गरेर ठिक गरेको भन्दै उनले भने, दुईतिहाइको सरकारले ल्याएका धेरै जसो विधेयकहरु विना सल्लाहामा ल्याइएकाले सरकारलाई नै गलपासो बनिरहेका छन् तर राष्ट्र बैंकले मौद्रिक नीति मार्फत ल्याउने नीति पनि त्यस्तै नहोस भनेर सबैसँग सल्लाह गर्नु भएको छ वर्तमान गभर्नर त्यसका लागि धन्यवादको पात्र भएको प्रतिक्रिया दिए । 

प्रतिक्रिया दिनुहोस