aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

अब खल्तीबाट आफ्नो बैंक खातामा निःशुल्क रकम  पठाउन सकिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २७ भदौ २०७८
अब खल्तीबाट आफ्नो बैंक खातामा निःशुल्क रकम  पठाउन सकिने

काठमाडौं । खल्ती डिजिटल वालेटले ग्राहकहरुको अमुल्य प्रतिक्रिया तथा सुझावलाइ मध्यनजर गर्दै खल्तीबाट बैंक खातामा निःशुल्क रकम ट्रान्सफर गर्न सकिने अफर संचालनमा ल्याएको छ । यस सेवा अन्तर्गत ग्राहकहरुले खल्तीबाट आफ्नो एक बैंक खाता सेभ गरी त्यसमा प्रत्येक अंग्रेजी महिनाको अधिकतम ५ पटक वा पाँच हजार र दैनिक ३ पटक वा पाँच हजारसम्मको रकम निःशुल्क ट्रान्सफर गर्न सक्नेछन् । 

त्यसै गरी खल्ती बाट खल्तीमा उपलब्ध कुनै पनि बैंकमा रकम ट्रान्सफर गर्ने जोकोहिले ५० प्रतिशतसम्मको क्यासब्याक पाउनेछन् । जस्तै, यदि बैंक ट्रान्सफर शुल्क २० रुपैयाा भएमा, १० रुपैयाँ क्यासब्याक तुरुन्तै प्राप्त गर्न सकिन्छ ।   

खल्ती डिजिटल वालेटका मार्केटिंग अफिसर साकार केसीले भने, ‘हामीले ग्राहकहरुको अमुल्य सल्लाह तथा सुझावलाइ पहिलो प्राथमिकतामा राखि यस निःशुल्क पैसा पठाउन सकिने सुविधा कार्यान्वयनमा ल्याएका हौँ । हामीलाई विश्वास छ यो सेवाले ग्राहकहरुको समय र पैसा बचत गर्न थप टेवा पुर्याउनेछ ।’ 
 

प्रतिक्रिया दिनुहोस