aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

सेञ्चुरी बैंकले ल्यो नयाँ बचत खाता ‘सेञ्चुरी रेमिट प्रिमियम अकाउन्ट’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २७ भदौ २०७८
सेञ्चुरी बैंकले ल्यो नयाँ बचत खाता ‘सेञ्चुरी रेमिट प्रिमियम अकाउन्ट’

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्ना ग्राहकवर्गको मागलाई ध्यानमा राख्दै नयाँ बचत खाता ‘सेञ्चुरी रेमिट प्रिमियम अकाउन्ट’ को शुभारम्भ गरेको छ । एक हजार रुपैयाँ न्यूनतम मौज्दात भएको उक्त खातामा वार्षिक ५.५० प्रतिशतको दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गरिने छ । 

यस खातामा अन्य बचत खातामा भन्दा १ प्रतिशत बढि ब्याज भुक्तानिका साथसाथै इन्टरनेट बैंकिङ्ग र मोबाइल बैंकिङ्ग पनि निशुल्क उपलब्ध गरिएको छ  । उक्त खातामा लकर सेवा, एटीएम र अन्य सुबिधाहरुको व्यवस्था गरिएको छ ।   

रेमिट्यान्सबाट आएको रकमलाई सुरक्षित राख्न र उच्च ब्याजदर प्राप्त गर्न इच्छुक ग्राहकवर्गहरुले आफुलाई सहज हुने सेञ्चुरी कमर्सियल बैंकको कुनै पनि शाखा कार्यालयमा गई उक्त नयाँ बचत खाता ‘सेञ्चुरी रेमिट प्रिमियम अकाउन्ट’ खोल्ने सुबिधा लिन सक्नेछन् । उक्त खाता खोल्नको लागि कुनै पनि रेमिट्यान्सबाट प्राप्त रसिद भने बैंकलाई अनिवार्य उपलब्ध गराउनुपर्नेछ ।      
  
बैंकले काठमाडौं उपत्यकामा २३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०३ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १८ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १५४ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस