aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

गोर्खाज फाइनान्सको स्थगित सभा असोज १८ गते हुदैं

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २८ भदौ २०७८
गोर्खाज फाइनान्सको स्थगित सभा असोज १८ गते हुदैं

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले भदौ २४ गते स्थगित गरेको २६औं वार्षिक साधारण सभा असोज १८ गतेका लागि आव्हान गरेको छ । यस अघि भदौ २३ गते निशेधाज्ञा मुद्धामा वार्षिक साधारण सभा स्थगित गर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएकाले कम्पनीले सभा स्थगित गरेको थियो । कम्पनीले होटेल क्राउन इम्पेरियल, रविभवन, काठमाडौंमा विहान ११ बजे सभा बोलाएको हो ।

सभाले अघिल्लो आर्थिक वर्ष ०७६÷७७ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै गत आर्थिक वर्ष ०७७÷७८ को लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुङ्ग्याउनेछ । सभाले संस्थापक तर्फबाट तीन जना र सर्वसाधारण तर्फबाट तीन जना गरी ६ जना सञ्चालकको निर्वाचन समेत गर्ने कार्यक्रम रहेको छ ।

 कोभिड महामारीका विच भर्चुअल माध्यमबाट सदस्यहरुलाई उपस्थित हुन कम्पनीले आग्रह गरेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १० गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असोज ७ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस