aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

मुक्तिनाथ क्यापिटलको स्वामित्वमा रहेको ज्योति र प्रभु इन्स्योरेन्सको संस्थापक शेयर विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २८ भदौ २०७८
मुक्तिनाथ क्यापिटलको स्वामित्वमा रहेको ज्योति र प्रभु इन्स्योरेन्सको संस्थापक शेयर विक्रीमा

काठमाडौं । मुक्तिनाथ विकास बैंकको स्वामित्वमा रहेको ज्योति विकास बैंक र प्रभु इन्स्योरेन्सको संस्थापक शेयर भदौ २९ गतेदेखि विक्रीमा आएको छ । ज्योति विकास बैंकको २९ हजार २५० कित्ता र प्रभु इन्स्योरेन्सको ६ हजार ३६ कित्ता शेयर कात्तिक ३ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी विक्रीमा आएको हो । 

यो शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीहरु वा अन्य जो कोही व्यक्ति तथा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । ज्योति विकास बैंकको शेयरको मूल्य प्रतिकित्ता रू. १४५ र प्रभु इन्स्योरेन्सको प्रतिकित्ता रू. ३५० तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी यी शेयर खरिदका लागि बोलकबोल गर्नुपर्नेछ ।

 शेयर खरिदका लागि आवेदन दिँदा न्यूनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र कात्तिक ५ गते विहान ११ बजे विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडमा खोलिने कार्यक्रम तय भएको छ ।
 

प्रतिक्रिया दिनुहोस