aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

सानिमा बैंकका ग्राहकले किस्तामा सामसुङको फ्ल्यागसिप स्मार्टफोन खरिद गर्न सक्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २८ भदौ २०७८
सानिमा बैंकका ग्राहकले किस्तामा सामसुङको फ्ल्यागसिप स्मार्टफोन खरिद गर्न सक्ने

काठमाडौं । सानिमा बैंक लिमिटेड र नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेताहरु आईएमएस नेपाल प्रालि र हिम इलेक्ट्रोनिक्सबीच सम्झौता भएको छ । सानिमा बैंकका ग्राहकहरुलाई सामसुङको फ्ल्यागसिप स्मार्टफोन जस्तै जेड फोल्ड थ्री र जेड फ्लिप थ्री स्मार्टफोन शून्य प्रतिशत मासिक किस्तामा जिरो इएमआई प्रदान गर्ने सम्झौता भएको हो । 

सम्झौता अनुसार सानिमा बैंकका ग्राहकहरुले क्रेडिट कार्ड प्रयोग गरी सामसुङ कम्पनीको स्मार्ट फोनहरु जेड फोल्ड थ्री र जेड फ्लिप थ्री शून्य प्रतिशत मासिक किस्तामा १२ महिना समयावधिको लागि प्रि-बुकिङ्ग गर्न सक्नेछन् । 

साथै, प्रि-बुकिङ्गमा आकर्षक उपहार पनि प्राप्त गर्न सक्नेछन् । भदौ २० गतेबाट प्रि-बुकिङ्ग शुरु भएको उक्त मोबाइल फोनको औपचारिक लन्च आश्विन ६ गते हुनेछ । प्रि-बुकिङ्ग आइएमएस स्मार्ट तथा सामसुङ प्लाजास्थित हिम इलेक्ट्रोनिक्सको नेपालभर रहेका आधिकारिक आउटलेटबाट गर्न सक्नेछन् ।  

प्रतिक्रिया दिनुहोस