
काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना “नवील ब्यालेन्सड् फण्ड–३ को माग भन्दा बढीको आवेदन परेको छ ।
उक्त फण्डको प्रति इकाई मूल्य १० रुपैयाँ दरको १० करोड इकाई मध्ये न्यूनतम एकक करोड ५० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्युनतम १४ प्रतिशत इकाई कोष प्रवद्र्धक नवील बैंक लिमिटेड र १ प्रतिशत योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई सुरक्षित गरी बाँकी रहेको ८ लाख ५० हजार इकाईमा सार्वजनिक निष्काशन गरिएको हो ।
सर्वसाधारण लगानीकर्ताहरुको उल्लेखनीय सहभागिता स्वरुप १,०४,७७९ (प्रमाणित हुन बाँकी समेत गरी) आवेदकहरुबाट करिब १२,६२,५५,०४० (प्रमाणित हुन बाँकी समेत गरी) बराबरको इकाई खरीदका लागि आवेदन परेको छ । जुन बिक्रीको लागि माग गरिएको आवेदन रकम भन्दा २५ प्रतिशतले बढी आवेदन परेको छ ।
यो योजनाको बिक्री बन्द भने भोलि मात्र हुने भएकाले माथि उल्लेख गरिएको आवेदन संख्या अझ बढ्ने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस