aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

माछापुुच्छ्रे बैंकमा अनलाइनमार्फत् डिम्याट खाता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २९ भदौ २०७८
माछापुुच्छ्रे बैंकमा अनलाइनमार्फत् डिम्याट खाता

काठमाडौं । माछापुुच्छ्रे बैंकमा अनलाइनमार्फत् डिम्याट खाता खोल्न सकिने सेवा उपलब्ध गराएको छ । बैंकका अनुसार ग्राहकले बैंकको वेवसाइटमा रहेको लिंक प्रयोग गरेर डिम्याट खाता खोल्न सक्ने बैकले जनाएको छ ।   

साथै माछापुुच्छ्रे बैंकमा खाता हुने ग्राहकले बैंकमा नगई सिधै डिम्याट खाता नम्बर प्राप्त गर्न सक्नुहुनेछ भने माछापुुच्छ्रे बैंक बाहेक अन्य बैंकमा बैंक खाता रहेका ग्राहकले अनलाइनमार्फत् डिम्याट खाता खोल्ने सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख  छ ।

डिम्याट खाता खोलिसकेपछि एकपटक आफुलाई पायक पर्ने बैंकको शाखा कार्यालयमा गई परिचय खुल्ने कागजातसहित स्वयं उपस्थित भएपश्चात डिम्याट खाता नम्बर प्राप्त गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस