aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

बर्दियाकोे बांसगढीमा राष्ट्रिय वाणिज्यको शाखा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ असार २०७६
बर्दियाकोे बांसगढीमा राष्ट्रिय वाणिज्यको शाखा

काठमाडौं ।  राष्ट्रिय वाणिज्य बैंकले बर्दिया जिल्लाको बांसगढी नगरपालिका वडा न. ५ स्थित शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।  बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले दिगो आर्थिक विकासको लागि शहरी तथा ग्रामिण क्षेत्रमा प्राथमिकताका साथ शाखा खोली वित्तीय पहुंच विस्तार गरिने कार्यमा बैंक अगाडि बढिरहेको बताए ।

बैंकको शाखा कार्यालयहरुको संख्या २२१ पुगेको छ । बैंकको देशको सातै प्रदेश, ७७ वटै जिल्लामा २२१ वटा शाखा कार्यालय, १७५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । हाल बैंकले १ खर्ब ८६ अर्ब रुपैंया निक्षेप संकलन गरी १ खर्ब ४४ अर्ब रुपैंया कर्जा लगानी गरेको छ । 

प्रतिक्रिया दिनुहोस