aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

सांग्रिला डेभलपमेण्ट बैंकको  २८ हजार ७८४ कित्ता संस्थापक शेयर विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३० भदौ २०७८
सांग्रिला डेभलपमेण्ट बैंकको  २८ हजार ७८४ कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडले दुई संस्थापक सदस्यहरुको नाममा रहेको कुल २८ हजार ७८४ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले शोभा मिश्रले विक्री गर्न चाहेको ८ हजार कित्ता र शशी कार्कीले विक्री गर्न चाहेको २० हजार ७८४ कित्ता शेयर विक्रीको लागि ३५ दिने सुचना जारी गरेको हो । 

यो शेयर खरिदका लागि विद्यमान शेयरधनीहरुले मात्र ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बालुवाटार, काठमाडौंमा आवेदन दिनुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा भने अन्य व्यक्तिलाई यो शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।  
 

प्रतिक्रिया दिनुहोस