
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेड र ज्योति विकास बैंक लिमिटेडको संस्थापक शेयर भदौ ३१ गते बिहीवारदेखि लिलामीमा आउने भएको छ । मञ्जुश्री फाइनान्सको ९५ हजार १६६ कित्ता र ज्योति विकास बैंकको १ लाख ८१ हजार ४७० कित्ता संस्थापक शेयर कात्तिक ३ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी लिलामीमा आउन लागेको हो ।
मञ्जुश्री फाइनान्सको शेयरको मूल्य प्रतिकित्ता रू. २७५ र ज्योति विकास बैंकको शेयरको मूल्य प्रतिकित्ता रू. १८५ तोकिएको छ । यो शेयर खरिदका लागि कम्पनीहरुका विद्यमान संस्थापक शेयरधनीहरुसँगै अन्य जो कोही व्यक्रि वा संघसंस्थाहरुले आवेदन दिन सक्नेछन् । आवेदन दिदाँ तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।
तोकिएको मूल्यभन्दा कम मूल्य अंकित गरी पेश गरेको आवेदन स्वतः रद्द हुनेछ । शेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो शेयर विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र कात्तिक ४ गते बिहान १० बजे विक्री प्रबन्धकको कार्यालय, लाजिम्पाट, काठमाडौंमा खोलिने कार्यक्रम तय भएको छ ।
प्रतिक्रिया दिनुहोस