aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

बैंकिङ कसूर मुद्दाका फरार २ जना प्रतिवादी पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३० भदौ २०७८
बैंकिङ कसूर मुद्दाका फरार २ जना प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू काठमाडौं महानगरपालिका २९ बस्ने ३६ वर्षीय बिनम श्रेष्ठ र काठमाडौं महानगरपालिका १४ बल्खु बस्ने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका(१ घर भएका ४८ वर्षीय प्रकाश श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले बिनमलाई काठमाडौं असनमा र प्रकाशलाई रुपन्देहीमा फेला पारी पक्राउ गरेको हो ।

उक्त मुद्दामा बिनमलाई अदालतबाट ७ दिन कैद र १७ लाख ६५ हजार रुपैयाँ जरिवाना र प्रकाशलाई ५ दिन कैद र ११ लाख ५० हजार जरिवाना तोकिएकोमा उनीहरू फरार रहेका थिए । उनीहरूले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी(जानी पीडितहरूलाई झुक्यानमा पारी बैंक अफ काठमाडौं र सिद्धार्थ बैकको चेक दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर भएको थियो ।  

उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस