
काडमाडौं । तरलता अभाव खेपिरहेको बैंक तथा वित्तीय संस्थाहरुलाई नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाउने भएको छ । दुई हप्ताको लागि राष्ट्र बैंकले बिहीबार २० अर्ब रुपैयाँको रिपो जारी गर्ने तयारी गरेको हो । भदौ ३१ गते बोलपत्र मार्फत क, ख र ग वर्गका वित्तीय संस्थाहरुलाई यो तरलता पठाउन लागेको हो ।
प्रतिक्रिया दिनुहोस