aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

बेष्ट फाइनान्सको साधारण सभा सम्पन्न, उपयुक्त वित्तीय संस्थासँग गाभ्ने/गाभिने प्रस्ताव पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३० भदौ २०७८
बेष्ट फाइनान्सको साधारण सभा सम्पन्न, उपयुक्त वित्तीय संस्थासँग गाभ्ने/गाभिने प्रस्ताव पारित

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । फाइनान्सले आज भाद्र ३० गते फाइनान्सको केन्द्रीय कार्यालय कमलादी काठमाण्डौमा भर्चुअल माध्यमबाट वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

 फाइनान्सको आज सम्पन्न साधारण सभाले आ.व २०७६/७७ को वित्तीय विवरण पारित गर्नुका साथै संस्थालाई अन्य उपयुक्त वित्तीय संस्थासँग गाभ्ने÷गाभिने तथा एक्विजिनस गर्ने कार्य अगाडी बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको जनाइएको छ । 

फाइनान्सको यस साधारण सभाबाट संस्थापक शेयरधनी तर्फको संचालकमा लक्ष्मी श्रेष्ठ, राम चन्द्र देवकोटा, रामकृष्ण चौलागाई र सुधिर ज्ञवाली तथा सर्वसाधारण शेयरधनी तर्फको संचालकमा राम श्रेष्ठ र खिमलाल पोड्याल नियुक्त भएका छन् । 

कमलादी काठमाण्डौमा केन्द्रीय कार्यालय रहेको फाइनान्स कम्पनीको च्ुक्ता पुँजी ८२.८९ करोड रुपैयाँ रहेको छ । हाल फाइनान्स कम्पनीले  १४ वटा शाखाबाट आफ्ना ग्राहक महानुभावलाई आधुनिक वित्तीय सेवा प्रदान गरिरहेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस