
काठमाडौं । नेपाल बैंकले फरक क्षमताका बालबालिकाहरूका लागि सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग गरेको हो ।
समाजका विभिन्न क्षेत्रमा सहयोग गर्ने शिलशिलामा बैंकले काभ्रे जिल्लाको धुलिखेल स्थित सन्जिवनी माध्यमिक विद्यालयमा अध्ययनरत फरक हिसावले सक्षम बालबालिकाको लागि २० थान स्कुल ब्याग तथा २० थान Interpoint Braille Slate of A Grade उपलब्ध गराएको छ ।
बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले मैत्री समाज नेपालका अध्यक्ष प्रमेद्र ढकाललाई चालिस हजार रुपैया बराबरको सामाग्री हस्तान्तरण गरेका छन ।
प्रतिक्रिया दिनुहोस