aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

एभरेष्ट बैंकको नयाँ व्याजदर, ऋणको व्याजदर पनि वढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३१ भदौ २०७८
एभरेष्ट बैंकको नयाँ व्याजदर, ऋणको व्याजदर पनि वढ्यो

काठमाडौं । वित्तीय क्षेत्रमा तलरता अभाव बढेपछि बैंकहरुले धमाधम व्याजदर बढाउन थालेका छन् । असोज १ गतेदेखि लागू हुनेगरि एभरेष्ट बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । 

बैंकको नयाँ व्याजदर अनुसार बैंकले साधारण बचत खातामा ३.६१ प्रतिशत र प्रिमियम बचत खातामा ४ प्रतिशतसम्म व्याज दिनेछ । बैंकको व्यक्तिगत मुद्दती निक्षेपको व्याज ७ प्रतिशतदेखि ८ प्रतिशतसम्म र संस्थागत मुद्दती निक्षेपमा ६.५० प्रतिशतदेसख ८.६१ प्रतिशतसम्म तोकिएको छ ।

त्यस्तै कर्जा तर्फ बैंकले ब्याजको आधारदर अधिकतम ५ प्रतिशतदेखि न्यूनतम २ प्रतिशतसम्म थप गरी ब्याजदर सार्वजनिक गरेको छ । साउन मसान्तमा बैंकको ब्याजको आधारदर ५.८५ प्रतिशत कायम गरेको छ । 

प्रतिक्रिया दिनुहोस