काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकले निष्कासन गर्न लागेको ३० प्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने भदौ ३१ गते बिहीवार अन्तिम दिन रहेको छ । बैंकले हकप्रद शेयर प्रयोजनका लागि असोज १ गते एक दिन बुक क्लोज गर्ने भएकाले भदौ ३१ गतेसम्म कायम शेयरधनीहरु मात्र उक्त हकप्रद शेयर भर्न योग्य हुने भएका हुन ।
कम्पनीको भदौ २२ गतेको सञ्चालक समितिको बैठकले हकप्रद प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको भएपनि निष्कासनको मिति भने हालसम्म तय भएको छैन् । बैंकले ३० प्रतिशत हकप्रद शेयर विक्री गर्न साउन ३० गतेनै नियामक निकाय नेपाल धितोपत्र बोर्डको अनुमति पाईसकेको छ ।
कम्पनीले हाल कायम चुक्तापूँजी रू. ८१ करोड ११ लाख २१ हजारको आधारमा १० बराबर ३ को अनुपातमा २४ लाख ३३ हजार ३६३ दशमलव ६७ कित्ता शेयर विक्री गर्न लागेको हो । यो हकप्रद विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस