aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

नबिल व्यालेन्स्ड फण्ड २ र नबिल इक्वीटी फण्डको प्रतिफल प्रयोजनका लागि बुक क्लोजको मिति तय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०१ असोज २०७८
नबिल व्यालेन्स्ड फण्ड २ र नबिल इक्वीटी फण्डको प्रतिफल प्रयोजनका लागि बुक क्लोजको मिति तय

काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल व्यालेन्स्ड फण्ड २ र नबिलल इक्वीटी फण्डले प्रस्तावित प्रतिफलका लागि असोज ११ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असोज १० गतेसम्म कायम इकाईनीहरु मात्र यी फण्डहरुको प्रतिफल प्राप्त गर्न योग्य हुनेछन् । 

नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडको भदौ २२ गतेको सञ्चालक समितिको बैठकले नबिल ब्यालेन्स्ड फण्ड २ को लागि कर समेत ३५ प्रतिशत र नबिल इक्वीटी फण्डको लागि कर समेत ४० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

नबिल ब्यालेन्स्ड फण्ड सञ्चालनका लागि ११ करोड २० लाख इकाई जारी गरिएको थियो । साउन मसान्तसम्म यस योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य रू. १८ दशमलव ८७ रहेको छ । त्यस्तै नबिल इक्वीटी फण्डले १२ करोड ५० लाख इकाई जारी गरेको थियो । साउन मसान्तसम्म यस फण्डको प्रति इकाई खुद सम्पत्ति मूल्य रू. १९ दशमलव २८ रहेको छ । 

प्रतिक्रिया दिनुहोस