aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

नेपाल बङ्गलादेश बैंकको १० औं विस्तारित सेवा केन्द्र शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०१ असोज २०७८
नेपाल बङ्गलादेश बैंकको १० औं विस्तारित सेवा केन्द्र शुरु

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले मकवानपुरको हेटौंडा उपमहानगरपालीकाको वडा नं. ९ स्थित हेटौंडा सिमेन्ट उद्योगको हाताभित्र आफ्नो १० औँ विस्तारित सेवा केन्द्रको शुभारम्भ गरेको छ । उक्त सेवा केन्द्रको औपचारिक उद्घाटन हेटौंडा उपमहानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले गरेका हुन् ।   

हेटौंडा उपमहानगरपालीकामा खोलिएको यस विस्तारित सेवाले हेटौंडा सिमेन्ट उद्योग लाई सुलभ बैंकिङ्ग सुविधा प्रदान गर्नुका साथै उपमहानगरपालिकाको वडा नम्बर ९, १२, १३ तथा १४ मा वित्तिय पहुँच पुर्याई हरेक नेपालीको एक बैंक खाता खोल्ने नेपाल सरकारको नीतिलाई सघाउ पुर्याउने उदेश्यका साथ  आफ्नो सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।  

यस विस्तारित सेवाबाट यस भेगमा छरिएर रहेको पुँजीलाई एकीकृत गर्न सघाउ पुग्नुका साथै विदेशबाट प्राप्त हुने रेमिटान्स सोझै बैंक खातामा जम्मा हुने, चेक क्लियरिङ्ग तथा व्यवसायजन्य कारोबारका लागि अन्यत्र टाढा जान नपर्ने, सामाजिक सुरक्षा लगायत नेपाल सरकारबाट बैंकिङ्ग प्रणाली मार्फत् प्राप्त हुने सम्पूर्ण सेवाहरु सजिलै प्राप्त गर्ने,  शिक्षक एवं कर्मचारीहरुको तलबी खाता सञ्चालन गर्न सहज हुने लगायतका सेवाहरु सहजै प्राप्त हुने बैंकले जानकारी गराएको छ ।      

प्रतिक्रिया दिनुहोस