aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

कामना सेवा बैंकको एनआरएन बचत खाता सञ्चालनमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०१ असोज २०७८
कामना सेवा बैंकको एनआरएन बचत खाता सञ्चालनमा

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा नेपाल स्थित उनका परिवारजनहरुका लागि कामना सेवा विकास बैंकले नयाँ  एनआरएन बचत खाता सञ्चालनमा ल्याएको छ । ७ प्रतिशतको उच्चतम ब्याजदर सहितको यो खातामा प्रथम वर्ष निःशुल्क मोबाईल तथा ईन्टरनेट बैकिङ्गको सुविधा रहेको छ ।

विदेशमा रहेका नेपाली नागरिकले रेमिट्यान्स तथा बैकिङ प्रणाली बाट नेपालमा आफ्नो परिवारलाई पठाएको पैसालाई यो खातामा जम्मा गर्न सक्नेछन् । साथै यस खाता मार्फत खोलिने मुद्दती निक्षेपमा ०.५ प्रतिशत थप ब्याज पाउनेछन् । यो खाता अनलाईन माध्यमबाट पनि खोल्न सकिने छ । 

प्रतिक्रिया दिनुहोस