aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

सानिमा बैंकद्वारा बडा दशैंको अवसरमा विशेष योजना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०१ असोज २०७८
सानिमा बैंकद्वारा बडा दशैंको अवसरमा विशेष योजना

काठमाडौं । नेपालीहरुको महान पर्व बडा दशैंको अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि विशेष दशैं बम्पर योजना सार्वजनिक गरेको छ । आश्विन १ गतेदेखि लागू हुने सो योजना अन्तर्गत व्यक्तिगत मुद्दती खातामा ९.५१ ५ सम्म उच्च ब्याजदर मासिक रुपमा प्रदान गरिने बैंकले जनाएको छ ।  

त्यस्तै, खाता खोल्दा पहिलो वर्षका लागि डेबिट र क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग मेरो शेयर, डिम्याट खाता निःशुल्क प्रदान गरिने बैंकले जनाएको छ ।

यसका साथै बचत खातामा ५५ सम्म ब्याजदर प्रदान गरिनुका साथै दुर्घटनामा मृत्यु भएमा वा स्थायी अपाङ्गता भएमा रु १० लाख सम्मको दुर्घटना बीमा, रु ३ लाख बराबरको घातक रोगको बीमा, रु ५० हजार बराबरको मेडिकल बीमा रहेको छ । वार्षिक रु  ५ हजार बराबरको वार्षिक बहिरंग उपचार खर्च र रु ५ हजार बराबरको स्वास्थ्य परीक्षण सेवा ग्राहक महानुभावहरुलाई  प्रदान गरिने छ । 

सानिमा बैंकको वेबसाइट  https://onlineaccount.sanimabank.com/#/login मा लगइन गरी अनलाईन खाता पनि खोल्न सकिन्छ । सानिमा बंैकको देशका सातै प्रदेशमा १०४ वटा कार्यालय तथा ९६ वटा ए.टि.एम. संचालनमा रहेका छन् । 
 

प्रतिक्रिया दिनुहोस