
काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुर मध्यपुरठिमी नगरपालिका–९ बोडे बस्ने खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका१० घर भएका ३२ वर्षीय हिरालाल श्रेष्ठलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७८ असार २९ गतेको फैसलाले १० दिन कैद र २५ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले ललितपुरबाट फेला पारी पक्राउ गरेको हो ।
हिरालालले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी(जानी पीडितहरूलाई झुक्यानमा पारी सेन्चुरी बैंकको चेक दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस