aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

डिप्रोक्स लघुवित्तको साधारण सभा असोज २३ गते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ असोज २०७८
डिप्रोक्स लघुवित्तको साधारण सभा असोज २३ गते

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले असोज २३ गते २०औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको असोज १ गतेको सञ्चालक समितिको बैठकले विहान ११ बजे चितवन गार्डेन रिसोर्ट भरतपुर, चितवनमा सभा बोलाएको हो । 

सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धाणको विषयलाई टुङ्ग्याउने छ । साथै कम्पनीको भदौ १७ गतेको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्रतिशत लाभांशलाई समेत सभाले पारित गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १५ करोड ६२ लाख ४८ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।  

यो सँगै सर्वसाधारण शेयरधनीहरुको तर्फबाट ३ जना सञ्चालक निर्वाचन गर्ने कार्यक्रम समेत सभाका लागि तय भएको छ । सभा प्रयोजनका लागि असोज १२ गतेदेखि सभा हुने दिनसम्म कम्पनीले बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा असोज ११ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।

नाडेप लघुवित्तसँग शेयर संरचना र कर्मचारीको पद समायोजनका विषयमा असहमति भएसँगै प्राप्ती सम्झौताबाट कम्पनी पछि हटेको छ । आगामी दिनमा अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती सम्झौतामा जान आवश्यक देखिएमा सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत सभा मार्फत गराउने कार्यक्रम तय भएको छ । 
 

प्रतिक्रिया दिनुहोस