aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

अब ब्यापारीले बैंक संचालक बन्न नपाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २८ असार २०७६
अब ब्यापारीले बैंक संचालक बन्न नपाउने

 आगामी मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बैंकर र व्यवसायी छुट्याउने नीति लिने भएको छ । 

एउटै व्यक्तिले बैंक र व्यवसाय दुवै सञ्चालन गर्दा स्वार्थ बाझिने भएकाल वित्तीय क्षेत्रमा समस्या आएको निष्कर्षका आधारमा यस्तो नीति ल्याउन लागिएको गर्भनर चिरञ्जिवी नेपालले बताए । उनले भने, ‘बैंकर र व्यवसायी छुट्याउने व्यवस्थाको तयारी भएको छ । एउटै व्यक्ति बैंकर र व्यवसायी हुँदा स्वार्थ बाझियो ।’

एउटै व्यक्तिले बैंक र व्यवसाय दुवै सञ्चालन गरेकै कारण नेपाली वित्तीय क्षेत्रमा सुशासन बिग्रिँदै गएको बैंक अफ काठमाडौँका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले बताएको खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस