aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा विरगंजमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०४ असोज २०७८
सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा विरगंजमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले थप नयाँ शाखा विस्तार गरेको छ । बैंकले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै पर्साको बीरगंज स्थित लिंकरोडमा शाखा संचालनमा ल्याएको हो । 

बीरगंज शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या ९७ पुगेको छ ।  

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकहरुलाई अझ सरल र सहज तरिकाले बैंकिङ्ग सेवा लिने वातावरण बन्नेमा बैंक विश्वस्त रहेको छ । 
 
 

प्रतिक्रिया दिनुहोस