aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

कृषि विकास बैंक नेपालगञ्जको  पिपरीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०५ असोज २०७८
कृषि विकास बैंक नेपालगञ्जको  पिपरीमा

काठमाडौं ।  बांके जिल्लाको पिपरीमा रहेको शाखा पिपरीको औपचारिक रुपमा कृषि विकास वैंकको नयाँ शाखा सञ्चालनमा आएको छ । उक्त नयाँ शाखको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले गरेका छन् । 

सर्वसाधारणहरुको व्यापक सहभागीता रहेको उक्त कार्यक्रममा कृषि विकास वैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले कृषि क्षेत्रको विकास गर्ने उद्देश्यले स्थापना भएको यस बैंकले कृषिलाई नछोडने बताए । बैंकको मुल नारा रहेकोले सयम परिस्थिति अनुसार अन्य क्षेत्रलाई समेटदै लगेता पनि कृषि क्षेत्रलाई विषेश जोड दिने वताए ।

 कृषकको हित र सहजताको लागी कृषि क्षेत्रलाई प्रविधि मैत्री वनाउन कृषि विकास वैंकले किसान क्रेडिट कार्ड संचालनमा ल्याएको छ । उक्त शाखाबाट कृषकलाई आवश्यक पर्ने मल, विउ र अन्य सामाग्री खरिद गर्न र नगद भुक्तानी दिन र लिन समेत सहज हुने वताए ।
    
उक्त कार्यक्रममा कृषि विकास बैंक लि.का उपमहाप्रवन्धक प्रताव सुवेदीले कृषि वैंकवाट प्रवाह गर्ने सवै बैकिङ्ग सुविधाका बारेमा बारेमा जानकारी गराए । सो कार्यक्रमको अध्यक्षता नेपालगंज प्रदेश कार्यालयका निर्देशक गिरीराज रेग्मीले गर्नु भएको थियो ।

कृषि विकास बैंक लि. प्रदेश ६ का प्रदेश प्रमुख खुर्सेद महम्द, बैंक अन्य कर्मचारीहरुको समेत उपस्थित रहेको उक्त कार्यक्रमको संचालन प्रदेश कार्यालय नेपालगंजका व्यवसाय सहायक सुरेश पोख्रेलले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस