aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

कृषि विकास बैंकको नयाँ शाखा रुकुम पूर्वमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ असोज २०७८
कृषि विकास बैंकको नयाँ शाखा रुकुम पूर्वमा

काठमाडौं । कृषि विकास बैंकले पुर्वि रुकुममा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाको रुपमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले उद्धघाटन गरेका हुन् । 

उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले यो क्षेत्र कृषिको लागी प्रचुर संम्भावना वोकेको क्षेत्र भएकोले सहुलियत पुर्ण कर्जाको उपयोग गरि व्यवासायीक कृषि तिर लाग्न सर्वसाधारणलाई आग्रह गरे । उनले उक्त क्षेत्रका जनताको जिवनस्तर उकास्न र आय स्तर वृद्धि गर्न जस्तो सुकै परिस्थितिमा पनि कृषि विकास बैंकले तपाईहरुको साथमा रही तपाईहरुको घर आगनको वैंकको रुपमा सहकार्य गर्न तयार रहेको समेत बताए । 

हाल यस क्षेत्रका करिब ५०० भन्दा वढी निक्षेपकर्ताले खाता खोली बैंकिङ कारोवार गर्दै आएका छन् । 
 

प्रतिक्रिया दिनुहोस