aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 

सानिमा बैंकद्वारा लाभांश घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ असोज २०७८
सानिमा बैंकद्वारा लाभांश घोषणा

 काठमाडौं । सानिमा बैंकले लाभांश घोषणा गरेका छ  । बैंकको असोज ६ गतेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७७/७८ को लागि लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  सानिमा बैंकले १७ दशमलव ८९ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । बैंकले १७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय सञ्चालक समितिको बैठकबाट भएको जानकारी दिएको हो । 

सञ्चालक समितिले गरेको यो निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकहरुको वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । बैंकको रू. ९ अर्ब ६८ करोड १५ लाख १९ हजार चुक्तापूँजी रहेको छ । सोही पूँजीको आधारमा बैंकहरुले लाभांश वितरण गर्न लागेका हुन । 

प्रतिक्रिया दिनुहोस