
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा नेपाल राष्ट्र बैंकले निक्षेपका रुपमा ३० अर्ब पठाउने भएको छ । विहीबार नेपाल राष्ट्र बैंकले जारी गरेको सूचनाका बैंक वित्तीय संस्थाहरुमा नयाँ निक्षेप नथपिएपछि तरलता व्यवस्थापनका लागि निक्षेप पठाएको हो । बुधबार मात्र नेपाल राष्ट्र बैंकले बैंकरवित्तीय संस्थालाई १० पटक गरेर १४ अर्ब ४९ करोड रुपैयाँ बरावरको स्थायी तरलता सुविधा प्रदान गरेको छ ।
बैंकिङ प्रणाली तरलताका लागि भदौ ३१ गते मात्र २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गरेको थियो । उक्त रिपो जारी गरेको एक साता नपुग्दै केन्द्रीय बैंकले बिहीबार एक साता अवधिको ३० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस