aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

रमेशकुमार केसी कृषि विकास बैंकको सञ्चालक समितिको सदस्यमा नियूक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ असोज २०७८
रमेशकुमार केसी कृषि विकास बैंकको सञ्चालक समितिको सदस्यमा नियूक्त

काठमाडौं । नेपाल सरकार (माननीय मन्त्रीस्तर) को निर्णयानुसार कृषि विकास बैंक सञ्चालक समितिको संचालक सदस्यमा रमेशकुमार केसी मनोनयन भएका छन । नवनियूक्त संचालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रमुख पदमा कार्यरत रहेका व्यक्ति हुन ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त संचालक सदस्य रमेशकुमार के.सीलाई बैंक संचालक समितिका अध्यक्ष  लक्ष्मीप्रपन्न निरौलाले सपथ ग्रहण गराएका थिए । उक्त अवसरमा कृषि विकास बैंक लिका संचालक सदस्यहरु डा हरि बहादुर के.सी, डा. इन्दिरा श्रेष्ठ (मास्के),  संजिव पौडेल, हरिप्रसाद पराजुली,  विनोद कुमार गुरांगाई, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत  अनिल कुमार उपाध्याय , बैंकका कम्पनी सचिव हिमलाल पौडेलसमेतको उपस्थिती रहेको  थियो ।     


 

प्रतिक्रिया दिनुहोस