aarthiknews.com विहीबार, १२ असार २०८२   Thursday, 26 June, 2025
 

सिद्धार्थ बैंकले गर्यो जोन्टा क्लबलाई करिब पाँच लाख सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ असोज २०७८
सिद्धार्थ बैंकले गर्यो जोन्टा क्लबलाई करिब पाँच लाख सहयोग

काठमाडौं । सिद्धार्थ बैंकले आज आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत ४ लाख ९७ हजार २०० को चेक जोन्टा क्लब अफ काठमाडौंलाई हस्तान्तरण गरेको छ । उक्त कोषलाई जोन्टा अभियानको घरेलु हिंसामा जागरूकता फैलाउनको लागी प्रयोग गरिने छ ।  

सिद्धार्थ बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कडँेलले जोन्टा क्लब अफ काठमाडौंका अध्यक्षसीमा गोल्छालाई चेक हस्तान्तरण गरेका हुन् । 

जोन्टा काठमाडौंले हिंसा पीडित रहेका चेली र महिलाहरुलाई सहयोग गर्न विभिन्न साझेदारहरु संग काम गरिरहेको छ । ललितपुर महानगरीय पुलिस १०० हेल्पलाइनसंग पनि सहकार्य गरेको छ । 

प्रतिक्रिया दिनुहोस