
काठमाडौं । शुक्रवारदेखि एभरेष्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को कार्यभार सुदेश खालिङले सम्हाल्ने भएका छन् । कम्पनीले नेप्सेमा एक सुचना जारी गर्दै शुक्रवारदेखि लागू हुने गरी खालिङले प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्ने जानकारी दिएको हो ।
बैंकको स्थापनाकालदेखिनै भारतिय नागरिकले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएको एभरेष्ट बैंकमा पहिलो पटक नेपाल नागरिकले कार्यभार सम्हाल्न लागेका हुन ।
भारतको पञ्जाब नेशनल बैंक (पीएनबी)सँग संयुक्त लगानीमा सञ्चालित एभरेष्ट बैंकमा अढाई दशकदेखि नै पीएनबीबाटै सीईओ नियुक्त हुँदै आएको थियो । सुदेश खालिङ एभरेष्ट बैंकको पहिलो नेपाली सीईओ बनेका हुन । बैंकिङ क्षेत्रमा झण्डै तीन दशक लामो अनुभव भएका खालिङ लक्ष्मी बैंकमा सीईओ थिए । लक्ष्मी बैंकपछि २०७६ मंसीर ६ देखि उनी सिटिजन्स बैंकको सञ्चालक समिति सदस्य थिए ।
प्रतिक्रिया दिनुहोस