aarthiknews.com विहीबार, १२ असार २०८२   Thursday, 26 June, 2025
 

कृषि विकास बैंकको नयाँ शाखा प्यूठानको विजुवारमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ असोज २०७८
कृषि विकास बैंकको नयाँ शाखा प्यूठानको विजुवारमा

काठमाडौं । कृषि विकास बैंकले थप नयाँ शाखा विस्तार गरेको छ । बैंकले प्युठानको विजुवारमा  नयाँ शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखाको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र प्युठान नगरपालीकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतिबाट संयुक्त रुपमा उद्घाटन गरिएको हो । 

उद्घाटन कार्यक्रमका प्रमुख अतिथिी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले कार्यक्रमलाई सम्बोधन गर्दै बैंकले नुन देखि सुन सम्मको कारोवार गर्ने भएकोले आर्थिक क्रियाकलापलाई चलायमान बनाई राख्न स्थानीय सरकार समक्ष बैंक सदैव हातेमालो तथा सहकार्य गर्न तयार रहेको बताए । 

नगरप्रमुख कक्षपतिले स्थापना कालदेखि सर्वसाधारणले रुचाएको स्थापीत पुरानो सरकारी बैंक कृषि विकास बैंकले प्रतिस्पर्धी बैंकहरुको भिडमा जनताको भावाना र चाहाना वमोजीम आफुलाई परिवर्तित गर्दै लैजानु पर्नेमा जोड दिए । 

त्यसैगरी कृषि विकास बैंकका उपमहाप्रवन्धक प्रताव सुवेदीले बैंकले प्रदान गर्ने सेवा सुविधाको वारेमा जानकारी गराए ।  
 

प्रतिक्रिया दिनुहोस