aarthiknews.com विहीबार, १२ असार २०८२   Thursday, 26 June, 2025
 

कामना सेवा बैंकको “केएस डिजी” डिजिटल वालेट सेवा सञ्चालन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ असोज २०७८
कामना सेवा बैंकको “केएस डिजी” डिजिटल वालेट सेवा सञ्चालन

काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहकहरुको हितलाई मध्यनजर गर्दै  छिटो कनेक्ट र मनम इन्फोटेकको सहकार्यमा केएस डिजी (डिजिटल वालेट) सेवा डेभलमेन्ट बैंकहरुमा नै पहिलो पटक सञ्चालनमा ल्याएको छ ।  यस सेवाको प्रयोग गरी बैंकमा खाता नभएका महानुभावहरुले पनि घरमै बसी झन्झटरहित तवरले मात्र केहि कागजातहरु अपलोड गरी “केएस डिजी” वालेट खोल्न सक्नेछन् । 

बुधबार एक कार्यक्रमका बिच बैंकका प्रमुख  कार्यकारी अधिकृत प्रविण बस्नेतज्यूले उक्त वालेट सेवाको सुभारम्भ गरेका हुन् । यस डिजिटल वालेट खोल्न एपमा Face Recognition गर्न सक्ने  Artificial Intelligence (AI) को प्रयोग भएको छ ।  साथै, Account Opening, Loan Application, Inter Operable QR, mCash लगायतका बैकिङ सेवा तथा सुविधाहरु रहेका छन् ।  

प्रतिक्रिया दिनुहोस