aarthiknews.com विहीबार, १२ असार २०८२   Thursday, 26 June, 2025
 

सानिमा बैंकको नयाँ शाखा विराटनगरको कञ्चनबारीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ असोज २०७८
सानिमा बैंकको नयाँ शाखा विराटनगरको कञ्चनबारीमा

काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्नो नयाँ शाखा विस्तार गरेको छ । बैंकले शुक्रबार विराटनगरको कञ्चनबारीमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको हो ।

उक्त शाखाको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रुपमा गरेका हुन् । समुद्घाटन् समारोहमा मह जोडीले विराटनगरको कञ्चनबारीमा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे । 

त्यस्तै, सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डले बंैकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।  

सानिमा बंैकको देशका सातै प्रदेशमा १०६ कार्यालय र ९६ वटा एटिएम संचालनमा रहेका छन् । 
 

प्रतिक्रिया दिनुहोस