
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले नयाँ प्रमुख कार्यकारी अधिकृतमा शुदेस खालिङ्गलाई नियुक्त गरेकोे छ । विगत ३५ वर्षदेखि बैंकिङ्ग क्षेत्रको अनुभवको साथ विभिन्न बैंकहरुमा सफलतापूर्वक सेवा प्रदान गर्दै आएका खालिङ्गले आज शुक्रबारदेखि औपचारिक रुपमा एभरेष्ट बैंकमा आफ्नो कार्यकाल सुरु गरेका हुन् ।
स्थापनाकाल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १०५ शाखा संजाल, १३७ एटीएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस