aarthiknews.com विहीबार, १२ असार २०८२   Thursday, 26 June, 2025
 

नबिल बैंक र गल्छी गाउँपालिकाबीच दिगो बैंकिङको लागि साझेदारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ असोज २०७८
नबिल बैंक र गल्छी गाउँपालिकाबीच दिगो बैंकिङको लागि साझेदारी

काठमाडौं । नबिल बैंकले धादिङ जिल्लाको गल्छी गाउँपालिकामा वित्तिय साक्षरता तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । त्यसपश्चात गरी गाउँपालिकासँग दिगो बैंकिङ अन्र्तगत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी गरको हो ।   

गल्छी गाउँपालिकामा नबिल बैंकका बाग्मती प्रदेश प्रमुख अमित श्रेष्ठ र गाउँपालिकाको अध्यक्ष कृष्णहरी श्रेष्ठले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 

उक्त साझेदारी मार्फत गाउँपालिकाहरुले स्थानिय स्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाउँपालिकाको सिफारीसमा बैंकले उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम/तालिमहरुमा वित्तिय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको छ । 

प्रतिक्रिया दिनुहोस