
काठमाडौं । सनराइज बैंकको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतमा जनकराज शर्मा पौड्याल नियुक्त गरेको छ । शर्माले ३० बर्षे बैंकिङ क्षेत्रमा विताएका छन् । उनी लक्ष्मी बैंक हुँदै ग्लोवल आइएमइ बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले शर्मा पौड्यालाई प्रमुख कार्यकारी अधिकृत सिइओमा नियुक्त गरेको बैंकले जनाएको छ ।
यसअघि निरज श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृत कोसिशमा सञ्चालक समितिभित्र नै विवाद भएको थियो । उनको नियुक्तिमा नि सञ्चालक समितिमा सर्वसम्मति नहुँदा श्रेष्ठले आफू सिइओ नहुने जानकारी गराएका थिए । । पौड्याललाई भने सर्वसम्मतिबाट नियुक्त गरिएको हो । बैंकका यसअघिका सीईओ रत्नराज बज्राचार्यको चारवर्षे कार्यकाल सकिएपछि पद रिक्त थियो ।
प्रतिक्रिया दिनुहोस