aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

माछापुच्छ्रे बैंकको ३० लाख इकाई ऋणपत्र साउन ६ गतेदेखि खुल्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ असार २०७६
माछापुच्छ्रे बैंकको ३० लाख इकाई ऋणपत्र साउन ६ गतेदेखि खुल्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटडले साउन ६ गतेदेखि ३० लाख इकाई ऋणपत्र निष्काशन गर्ने भएको छ । ऋणपत्रमा वार्षिक १० दशमलव २५५ ब्याज पाइनेछ ।

यसमध्ये १२ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । 

माछापुच्छ्रे बैंकले १० वर्ष अवधिको ‘१० दशमलव २५५ माछापुच्छ्रे डिबेन्चर २०८५’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई पर्याप्त कर्जा सुरक्षा जनाउने  ‘एलए माइनस रेटिङ’  दिएको छ । 

यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । लगानीकर्ताले साउन ९ गतेसम्म यसमा आवेदन दिन पाउनेछन् । उक्त अवधिमा सबै ऋणपत्र बिक्री नभएमा भदौ ३ गतेसम्म आवेदन दिन पाइनेछ ।
 
माछापुच्छ्रे बैंकको ऋणपत्रमा प्रतिइकाई १ हजार रुपैयाँको दरले आवेदन दिनुपर्नेछ । न्यूनतम २५ कित्तादेखि अधिकतम ११ लाख ७० हजार कित्तासम्म भर्न पाइनेछ । 
 

प्रतिक्रिया दिनुहोस