aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

मौद्रिक नीतिः सीईओ नियुक्तिअघि राष्ट्र बैंकलाई जानकारी दिनु पर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ असार २०७६
मौद्रिक नीतिः सीईओ नियुक्तिअघि राष्ट्र बैंकलाई जानकारी दिनु पर्ने

काठमाडौं । आगामी वर्षको मौद्रिक नीति साउन पहिलो साता आउने भएको छ । राष्ट्र बैंकले केही दिनदेखि मौद्रिक नीतिमाथी छलफल गराइरहेको छ । राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले आगामी मौद्रिक नीतिमा बाह्य क्षेत्रलाई बलियो बनाउने विभिन्न आयामको खोजी गर्ने बताए ।

बैंककाे सीईओ नियुक्तिअघि राष्ट्र बैंकलाई जानकारी दिने व्यवस्था पनि मौद्रिक नीतिमा हुने भएको छ । दैनिक कामकाजमा हस्तक्षेप गर्ने, आफूले भनेको क्षेत्र तथा व्यक्तिमा ऋण प्रवाह गर्न सीईओलाई दबाब दिने गरेको पाएपछि राष्ट्र बैंकले सो व्यवस्था गर्न लागेको हो । ‘राष्ट्र बैंकले प्रस्तावित सीईओहरूको ‘फिट एन्ड प्रपर टेस्ट’ गरिदिने मात्र हो,’ उनले भने, ‘हामीले सीईओ छनोट गर्ने होइन ।’

ढ्दो व्यापार घाटा नियन्त्रणमार्फत शोधनान्तर घाटा कम गर्न बाह्य क्षेत्र सुधार हुने नीति समेट्न लागिएको उनको भनाइ छ । ‘आन्तरिक क्षेत्र बलियो भए पनि बाह्य क्षेत्र कमजोर हुँदा शोधानान्तरमा चाप परेको छ,’ उनले भने, ‘बाह्य क्षेत्र बलियो बनाउने अबको लक्ष्य र चुनौती दुवै हुनेछ ।’

आगामी मौद्रिक नीतिमार्फत व्यवसायी र बैंकर छुट्ट्याइने गभर्नर नेपालले बताए । एउटै व्यक्तिले बैंक र व्यवसाय दुवै चलाउँदा स्वार्थ बाझिने भएकाले वित्तीय क्षेत्रमा समस्या भएको उनको भनाइ थियो ।

हालको प्राथमिकता प्राप्त क्षेत्र (कृषि, ऊर्जा र पर्यटन) को परिभाषालाई पनि परिमार्जन गर्न लागिएको गभर्नर नेपालले जानकारी दिए । ‘जतिसक्दो धेरै लगानी उत्पादनमूलक क्षेत्रमा जाओस् भनेर यस्तो व्यवस्था गर्न लागिएको हो’,  ‘मौद्रिक नीतिमार्फत पुनर्कर्जालाई थप व्यवस्थित बनाउँछौं ।’ उनले थपे ।

प्रतिक्रिया दिनुहोस