aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

डिप्रोक्स लघुवित्तको २१.५३ प्रतिशत लाभांश प्राप्त गर्ने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ११ असोज २०७८
डिप्रोक्स लघुवित्तको २१.५३ प्रतिशत लाभांश प्राप्त गर्ने आज अन्तिम दिन

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको २१ दशमलव ०५३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले आर्थिक वर्ष ०७७÷७८ को मुनाफाबाट २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

 उक्त प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले असोज २३ गते २०औं वार्षिक साधारण सभा बोलाएको छ । सभाले विहान ११ बजे चितवन गार्डेन रिसोर्ट भरतपुर, चितवनमा बोलाइएको हो । 

सभा प्रयोजनका लागि असोज १२ गतेदेखि सभा हुने दिनसम्म कम्पनीले बुक क्लोज गर्न लागिएकाले लाभांश प्राप्त गर्न र सभामा भाग लिनका लागि असोज ११ गतेसम्म शेयर कायम गर्नुपर्ने भएको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १५ करोड ६२ लाख ४८ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । 
 

प्रतिक्रिया दिनुहोस