
काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकको तीन हजार कित्ता संस्थापक शेयर असोज ११ गते सोमवारदेखि लिलामीमा आएका छ । कम्पनीले शेयरधनी खगेन्द्र नाग ढुंगानाको नाममा रहेको उक्त शेयर विक्रीका लागि ३५ दिने सुचना सोमवार सार्वजनिक गरेको हो ।
यो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात सहित तोकिएको मितिभित्र कम्पनीको केन्द्रिय कार्यालय विर्तामोड झापामा निवेदन दिनुपर्नेछ । विद्यमान संस्थापकहरुबाट तोकिएको अवधिभित्र आवेदन नपरेमा वा बाँकी रहन गएमा उक्त शेयर अन्य व्यक्तिलाई विक्री गरिने समेत कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस