
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को लाभांश प्रस्ताव सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १६ दशमलव ९१ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी ८ करोड ३४ लाख रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण गर्ने गरी कम्पनीको असोज १० गतेको सञ्चालक समितिको बैठकले निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस