aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सिटी एक्सप्रेस फाउन्डेशनद्धारा “मानव सेवा आश्रम” आर्थिक सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ असार २०७६
सिटी एक्सप्रेस फाउन्डेशनद्धारा “मानव सेवा आश्रम” आर्थिक सहयोग

काठमाडाैं । सिटी एक्सप्रेस मनी ट्रान्सफरको १३ औं वार्षिकोत्सवको उपलक्ष्यमा मानव सेवा आश्रमलाई सिटी एक्सप्रेस फाउन्डेशनद्वारा १ लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ ।

असार २७, २०७६ सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो १३ औं बार्षिकोत्सवको उपलक्ष्यमा “मानव सेवा आश्रम” संस्थालाई सामाजिक उत्तरदायित्व अन्र्तगत स्थापित  सिटी एक्सप्रेस फाउन्डेशन द्वारा मानव सेवा आश्रमका प्रमुख संरक्षक डा. गोविन्द टण्डन लाई उक्त रकम हस्तान्तरण गरेको हो । 
साथै उक्त संस्थालाई सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले आगामी दिनहरुमा पनि सहयोग र साथ प्रदान गर्ने घोषण गरेको छ । 

समाजको सकरात्मक रुपान्तरण एवं मानवीय सेवाको कार्यमा मानवसेवा आश्रमले पु¥याउदै आइरहेको योगदानको कदर गर्दै आश्रमलाई सम्मान गरेको जनाएको छ । उक्त कार्यक्रममा सिटी एक्सप्रेस फाउन्डेशनका सक्रिय सदस्यहरुको उपस्थिती  थियो ।
 

प्रतिक्रिया दिनुहोस