aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

कुमारी बैंकले प्रस्ताव गर्यो ८.६७ प्रतिशत लाभांश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १२ असोज २०७८
कुमारी बैंकले प्रस्ताव गर्यो ८.६७ प्रतिशत लाभांश

काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्ष ०७७/७८ को लाभांश प्रस्ताव सार्वजनिक गरेको छ । बैंकको असोज ११ गतेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ६ प्रतिशत बोनस शेयर र कर समेत २ दशमलव ६७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

हाल बैंकको चुक्तापूँजी रू. १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार रहेको छ । सोही पूँजीको आधारमा नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण गर्ने निर्णय बैंकको सञ्चालक समितिको बैठकले गरेको हो ।
 

प्रतिक्रिया दिनुहोस