aarthiknews.com विहीबार, १२ असार २०८२   Thursday, 26 June, 2025
 

दरबार हाई स्कूलमा डिजिटल शिक्षा विकास गर्न सनराइज बैंकको सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १३ असोज २०७८
दरबार हाई स्कूलमा डिजिटल शिक्षा विकास गर्न सनराइज बैंकको सहयोग

काठमाडौं । सनराइज बैंकको १४औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्ने क्रममा बैंकले आज जोन्ता क्लब काठमाडौंलाई आर्थिक सहयोग गरेको छ । 

कोभिड १९ ले शैक्षिक संस्थाहरु पूर्णरुपले संचालन गर्न नसकिएको हालको अवस्थामा केही निजी विद्यालयहरुले डिजिटल कक्षाहरु संचालन गर्दै आएका छन् तर सरकारी विद्यालयहरुमा भने डिजिटल कक्षाहरु संचालन गर्न प्रयाप्त सोत्र, साधान र प्रविधिको अभाव रहेको छ । यसै कुरालाई मध्यनजर गदै सनराइज बैंकले जोन्ता क्लब काठमाडौंसँग सहकार्य गरी दरबार हाई स्कूल अन्तर्गतको संस्कृत माध्यमिक विद्यालयलका शिक्षकहरुका लागी ल्यापटप खरिद गरी आवश्यक तालिम संचालन गर्न जोन्ता क्लब काठमाडौलाई दुई लाख रुपैंया सहयोग गरेको छ । 

बैंकले यस अघि पनि दरबार हाई स्कूल अन्तर्गतको भानु माविका विद्यार्थीहरुलाई डिजिटल कक्षा सञ्चालन गर्न जोन्ता क्लब काठमाडौलाई तीन लाख रुपैंया सहयोग गरेको थियो । मंगलबार दरबार हाई स्कूल, रानी पोखरीमा भएको एक कार्यक्रमका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले सस्ंकृत माध्यमिक विद्यालयलका प्रधानअध्यापक शिव राज अधिकारीको उपस्थितीमा जोन्ता क्लब काठमाडौंका अध्यक्ष सीमा गोल्छालार्ई चेक हस्तान्तरण गरेका हुन् । 
 

प्रतिक्रिया दिनुहोस