aarthiknews.com विहीबार, १२ असार २०८२   Thursday, 26 June, 2025
 

सामसुङको सामान किन्न बैंक अफ काठमाण्डूको सरल किस्ताबन्दी योजना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १३ असोज २०७८
सामसुङको सामान किन्न बैंक अफ काठमाण्डूको सरल किस्ताबन्दी योजना

काठमाडौं । नेपालीहरुको आउदैं गरेको चाडपर्वहरु दशैं, तिहार, नेपाल संवत् तथा छठलाई लक्षित गरी बैंक अफ काठमाण्डू लिमिटेडले सामसुङको समान किन्न सरल किस्तावन्दी योजना ल्याएको छ । बैंकका ग्राहकहरुले शुन्य प्रतिशत ब्याजदरको सुबिधामा सामसुङ कम्पनीको स्मार्ट फोन, स्मार्ट वाच तथा ट्यावलेटहरु सरल किस्ताबन्दीमा खरिद गर्न सक्नेछन् ।  

पर्वको बहार, बीओकेको उपहार भन्ने मुलनाराको साथ ल्याएको यस सरल किस्ताबन्दी योजनामा क्रेडिट कार्डबाहक महानुभावहरुले सजिलो संग सामसुङ ब्राण्डका स्मार्ट फोन, स्मार्ट वाच तथा ट्यावलेटहरु बैंकको क्रेडिट कार्ड प्रयोग गरी किस्ताबन्दी योजनामा खरिद गर्न सक्नेछन् । 

बैंक र नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेता आईएमएस नेपाल प्रालिबीच बैंक क्रेडिट कार्डबाहक महानुभावहरुलाई सामसुङको स्मार्ट फोन, स्मार्ट वाच तथा ट्यावलेटहरु सरल किस्ताबन्दीमा उपलब्ध गराउने सम्झौता भएको हो ।

यस योजनाको लागि ग्राहकहरुले बैंकको क्रेडिट कार्ड लिनको लागि अनलाइनको माध्यमबाट पनि आवेदन दिन सक्नेछन् । यस सरल किस्ताबन्दी योजनामा ग्राहक महानुभावहरुले शुन्य प्रतिशत ब्याजदरकोे सुबिधा, बिओके क्रेडिट कार्ड जारी गर्दा कुनै शुल्क नलाग्ने, कुनै अतिरिक्त सेवा शुल्क नलाग्ने आदि जस्ता सुबिधाहरु पाउनेछन् ।  
 

प्रतिक्रिया दिनुहोस