aarthiknews.com विहीबार, १२ असार २०८२   Thursday, 26 June, 2025
 

एनएमबि बैंकको मुद्धती निक्षेपमा ९.५२ प्रतिशतको आकर्षक योजना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १३ असोज २०७८
एनएमबि बैंकको मुद्धती निक्षेपमा ९.५२ प्रतिशतको आकर्षक योजना

काठमाडौं । हाल बैंकमा निक्षेप जम्मा भईरहेको र साना निक्षेपकर्तालाई बचतमा न्युन ब्याज प्राप्त भई लगानीको प्रतिफल संतोषजनक नरहको अवस्थामा सबै वर्गलाई समेट्ने गरी निक्षेपमा एनएमबिले उच्च ब्याज प्रदान गर्दै आइरहेकोे छ । नयाँ योजना अन्तर्गत बैंकले सर्वसाधारण ग्राहकलाई  मुद्धतीमा ९.५२ प्रतिशत बार्षिक ब्याजदर (०.५ प्रतिशत प्रिमियम सहित) प्रदान गर्नेछ । 

एनएमबि बैंकमा खाता नभएको ग्राहकहरुले भिडीयो केवाईसी, एक भिडियो कलमा आधारित प्रविधि मार्फत ५ मिनेटमै देश वा बिदेशमै रही खाता खोली कारोवार गर्न सक्नेछन् । जसमा ग्राहकहरुले अनलाईन खाताको शुरु देखी अन्त्यसम्मको प्रक्रिया बैंकसम्म नधाईकनै डिजिटल रुपमा सम्पन्न गर्न सक्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस